नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला

बझाङ: बझाङमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ६ अन्तर्गत पर्ने बगालिबगर घर भएका जस्मल धामीकि १३ वर्षिय छोरी रोशनी धामी विहिबार साझ करिब ५ बजेतिर आफ्नै घरको ढोकामा प्लास्टिकको डोरिमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

अवस्थीका अनुसार बालिकाको आमाबुबा रोजगारिको सिलसिलामा भारतमा बस्दै आएको र घरमा सानो भाइ मात्र भएको र अरु कोहि नभएको बेला झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन ।घटनाको प्रारम्भिक अनुसन्धान पछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ लगिएको र घटनाको थप विवरण पोस्टमार्टम रिपोर्ट पछि मात्रै आउने प्रहरि निरीक्षक अवस्थिले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।