नेभिगेशन
निर्वाचन २०७९

बझाङमा निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाई

बझाङ: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ । बझाङ जिल्लामा पनि भर्ना गरिएका ११ सय ८८ जना म्यादि प्रहरिको समेत आज एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।  जिल्ला सदरमुकाम चैनपुर, जिल्ला प्रहरि कार्यालय र अन्य ईलाका प्रहरी कार्याहरुले उनिहरुलाई प्रमाण पत्र, अविर लगाएर सम्मानका साथ विदाई गरिएको बताईएको छ । निर्वाचनको लागी जिल्ला प्रहरी कार्यालय बझाङबाट भर्ना लिएका म्यादी प्रहरीहरु लाई मंसिर ४ गते निर्वाचन सम्पन्न पश्चात आज बझाङका प्रहरी नायव उपरीक्षक डिएसपि जागेश्वर भण्डारीद्वारा विदाई गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका १२ वटै स्थानिय तहमा रहेका ईलाका प्रहरि र अन्य वडामा रहेका सहायक ईलाकामा कार्यरत प्रहरिले उनिहरुको विदाई गरेका हुन् । निर्वाचनको समयमा प्रहरी कर्मचारी संगै खटिई निर्वाचनलई स्वच्छ, निष्पक्ष तथा भय रहित वातावरणमा सम्पन्न गराउन पु¥याउनु भएको योगदानको उच्च कदर गरेको भन्दै सबै म्यादि प्रहरिहरुलाई जिल्ला प्रहरि कार्यालय बझाङले धन्यवाद समेत ज्ञापन गरेको छ । यस्तै निर्वाचनको क्रममा खटिएका देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको समेत बिदाइ गरिएको छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिएको छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप निर्वाचन २०७९
पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

प्रतिनिधिसभा मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।
प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

 प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 
कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्।
बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनुभएको छ ।
भर्खरै