नेभिगेशन
निर्वाचन २०७९

डडेल्धुरा–२ मा स्वतन्त्र जोशी विजयी, काँग्रेसका मन्त्री बोहरा पराजित

 बझाङ: डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन । उनले प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका छन्। बोहराले १० हजार ९ सय ७० मत पाए। बोहरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्रीसमेत हुन्। 

०७४ सालको निर्वाचनमा यहाँ काँग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए। मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप निर्वाचन २०७९
पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

प्रतिनिधिसभा मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।
प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

 प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 
कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्।
बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनुभएको छ ।