नेभिगेशन
निर्वाचन २०७९

बझाङमा प्रतिनिधिसभा र प्रदेश सभा दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

बझाङ: बझाङबाट प्रतिनिधिसभा र प्रदेश सभा दुबै क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन । प्रतिनिधि सभा सदस्यमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी २८ हजार १४३ मत प्राप्त गरि विजयी भएका छन् । जोशीले २८ हजार १४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत प्राप्त गरेका छन । मंगलबार साँझबाट सुरु भएको मतगणनामा नेकपा एमालेले सुरुवाति अग्रता लिएको थियो । बुधबार साँझबाट अघिपछि हुँदै गर्दा रोचक बनेकोमा अनन्त जोशीले महरलाई ९ सय ९८ मतले पछि पार्दै जित हात पारेका हुन् ।

जोशीले २८ हजार १४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महरले २७ हजार १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । गठबन्धनका साझा उम्मेदवार बनेका जोशी यसअघि नेकपा एमालेको तर्फ बाट २०५१ र २०६४ मा उम्मेदवार बनेर २ पटक विजयी भएका थिए । २०६४ सालको संविधान सभा निर्वाचनमा निर्वाचित भई एक पटक वनमन्त्री समेत भइसकेका जोशी नेकपा एमालेबाट गत वर्ष मात्रै पार्टी परिवर्तन गरेर अहिले नेकपा एसका स्थायी समिति सदस्य रहेका छन । 

यस्तै बझाङ प्रदेश सभा (१) मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका छन । सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत प्राप्त गर्दा एमालेका ओखेडाले १२ हजार ९९८ मत प्राप्त गरेका छन ।  बझाङ प्रदेशसभा  (२) मा गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी १३ हजार ८७९ मत प्राप्त गरि विजयी भएका छन । भण्डारीले १३ हजार ८७९  मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि नेकपा (एमाले)का उम्मेदवार लालबहादुर रावलले ११ हजार ३३७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार भण्डारीले २ हजार ५४२ मतान्तर एमालेका रावललाई पराजित गरेका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप निर्वाचन २०७९
पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

प्रतिनिधिसभा मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।
प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

 प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 
कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्।
बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनुभएको छ ।