नेभिगेशन
राजनिति

बझाङका १ लाख २२ हजार ३ सय ७६ मतदाताले अबको पाँच वर्षको लागि नेतृत्वको फैसला गर्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अहिले बिहान ७ मतदान सुरु भएको छ । मतदाता आफ्नो मताधिकार प्रयोग गर्न व्यग्र प्रतिक्षामा छन् । आज बिहान ७ देखि साँझ ५ बजेसम्मको अवधिमा पतपेटिकामा खस्ने मतले आउँदो पाँच वर्षलाई देशको नेतृत्व कसलाई सुम्पने भन्ने फैसला गर्नेछ ।

मतदानपूर्वको सबै व्यवस्थापकीय तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । आज बझाङ जिल्लाभर १ सय ३५ वटा मतदान स्थल र १ सय ८६ वटा मतदान केन्द्रबाट १ लाख २२ हजार ३ सय ७६ मतदाताले अबको पाँच वर्षको लागि नेतृत्वको फैसला गर्दैछन् ।

सर्वदलीय बैठकदेखि मतदानकेन्द्र केन्द्रित तयारीका सबै काम पूरा भएको जिल्ला निर्वाचन अधिकारी विमल प्रसाद गौतमले बताउनुभयो । मतदानका लागि जिल्ला बाहिर रहेका मतदाता पनि मन परेको उम्मेदवारलाई मत दिन गाउँ फर्किएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै