नेभिगेशन
सुदूरपश्चिम

अपडेट : बझाङमा भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय आउँदै

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका ४ रुपैलस्थित कालंगा हाइड्रो नजिक कालंगा नदिमा बुधबार एक अज्ञात शव भेटिएको छ । कालो पाइन्ट र निलो ट्र्याकसुट लगाएको अन्दाजी ४०, ४५ वर्षका एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले बताउनुभयो । शव भेटिएपछि बझाङ र छिमेकी जिल्लाका सबै प्रहरी युनिटलाई खबर गरिएको छ ।

बझाङको बुंगल १० का एक जना र बैतडीका एक-एक जना केही दिनदेखि हराएकाले भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय घटनास्थल आउन लागेको निरिक्षक कार्कीले बताउनुभयो । स्थानीय आउने भएपछि जिल्ला अस्पताल ल्याउन लागिएको शव बाग्थलामा राखिएको छ । शव हत्या गरिएको हो या आत्म हत्या हो भन्ने बारे पोष्टमार्टमपछि थाहा हुने प्रहरीले जनाएकाे छ । 

यो पनि पढ्नुहोस्

बझाङमा एक जनाको शव भेटियो, पहिचान हुन बाँकी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै