नेभिगेशन
सुदूरपश्चिम

केदारस्यूँलाई बझाङ उद्योग वाणिज्य संघ कप २०७९ काे उपाधि

बझाङ सदरमुकाम चैनपुरमा लाग्ने शिलदेवी मेलाको अवसरमा आयोजना गरिएको जिल्लाकै ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ केदारस्यूँ गाउँपालिकाले र महिलातर्फको छबिसपाथीभेरा गाउँपालिकाले जितेका छन्।
उद्योग वाणिज्य संघ बझाङको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा पुरुषतर्फ केदारस्यूँले छबिसपाथीभेरालाई पराजित गर्‍यो।

सुरुवाती २–२ सेट जितेका दुवै टिमबीच पाँचौं सेटमा कडा प्रतिस्पर्धा भएको थियो। अन्तिम सेट केदारस्यूँले १७–१५ ले जित्दै उपाधि उचालेको हो। विजेता टिमले १ लाख ३१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छबिसपाथीभेराले ७५ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। पुरुषतर्फ तृतीय भएको मष्टा गाउँपालिकाले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्‍यो। केदारस्यूँका सुरेश मल्ल उत्कृष्ट खेलाडी घोषित भए।

महिलातर्फ छबिस गाउँपालिकाले मष्टा गाउँपालिकालाई हराउँदै पहिलो भएको हो। २–२ सेट जितेका दुवै टिमले पाँचौं सेटमा प्रतिस्पर्धा हुँदा मष्टालाई १५—१३ सेटमा पराजित गर्दै छबिसपाथीभेरा विजयी भयो। महिलातर्फ प्रियंका भण्डारी उत्कृष्ट खेलाडी घोषित भइन्। महिलातर्फ प्रथम पुरस्कार ५१ हजार १ सय ११ र दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।

पुरुष तर्फ

प्रथम - केदार स्यु गाउँपालिका

द्वितीय - छबिस पाथिभेरा गाउँपालिका

तृतीय - मष्टा गाउँपालिका

चौथो - बुङ्गल नगरपालिका

महिला तर्फ

प्रथम - छबिस पाथिभेरा गाउँपालिका

द्वितीय - मष्टा गाउँपालिका

तृतीय - जयपृथ्वी नगरपालिका

चौथो - बिथ्थड चिर गाउँपालिका

शिलदेवी मेलाको अवसरमा उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्ने यो प्रतियोगिताले खेल क्षेत्रको विकासमा योगदान दिएको भन्दै पालिका प्रमुखहरूले प्रशंसा गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ९ वटा टिम सहभागी रहेका उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए। यो प्रतियोगिता हेर्न जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम चैनपुरमा दर्शक ओइरिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै