नेभिगेशन
विदेश

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका  ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।

अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् । त्यस्तै ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् भने भने हान झेन उपप्रधानमन्त्री हुन् ।

ग्लोबल टाइम्सका अनुसार आगामी आइतबार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटी बैठकबाट पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समिति चयन गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै