नेभिगेशन
सुदूरपश्चिम

रिड नेपालद्धारा खप्तडछान्नाका १ सय ८९ जना शिक्षकलाई पाठ्यक्रममा आधारित बालमैत्री सिकाई वातावरण निमार्णको तालिम

शैक्षिक सुधारमा ठुलो टेवा पु¥याउने विश्वस

बझाङ: खप्तडछान्ना गाँउपालिकामा पाठ्यक्रममा आधारित सिकाई वातावरण निमार्ण सम्बन्धि १० दिने तालिम सम्पन्न भएको छ । अस्ट्रेलियन सरकार र हिमालयन फाउण्डेसनको आर्थिक सहयोगमा रिड नेपाल द्धारा सञ्चांलित समृद्ध खप्तडछान्ना परियोजना अन्र्तगत पालीका भित्रका ३८ वटा आधारभुत विद्यालयका शिक्षकहरुलाई तालिम दिईएको छ । असोज २६ गते देखि खप्तछान्नामा आधारभुत विद्यालयका शिक्षकहरुलाई गुणस्तरिय शिक्षामा जोड दिदै गुणस्तरिय शिक्षा तथा प्रभावकारी सिकाइ र बालबालिकाको पठन पाठनमा सहजताका लागी तालिमको आयोजना गरिएको थियो । तालिममा खप्तडछान्ना गाँउपालिकामा रहेका सबै आधारभुत विद्यालयका १८९ जना शिक्षकहरुको सहभागिता रहेको थियो । 


तालिममा पाठ्यक्रममा आधारित शैक्षिक सामाग्री निमार्ण, शैक्षिक सामाग्रीको प्रयोग, कक्षाकोठा व्यवस्थापन, परिवर्तित पाठ्यक्रमको प्रयोग, निरन्तर विध्यार्थी मुल्याङकन र शिक्षण विधि लगायतका विषयमा छलफल गरियको छ । तालिममा सहभागि शिक्षकहरले तालिममा सिकेका विषयवस्तु विद्यालयमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । समापन कार्यक्रममा बोल्दै तालिममा सहभागि मष्टा आधारभुत विद्यालयका प्रधानाध्यापक गंगा बोगटीले आफुले धेरै प्रकारका तालिम लिएको भएपनि यो विल्कुलै नयाँ भएको र शिक्षकहरुका लागि शिक्षण सिकाईका क्रममा सहजता ल्याउने बताउनु भयो । पहाडी क्षेत्रमा जहिलेपनि समयमै पाठ्यपुस्तक नपुग्ने समस्या रहेको र यो तालिमले पाठ्यपुस्तक नभए पनि केहि समय सम्म सिकाईलाई प्रभावकारी ढैगले अघि बढाउन सकिने बताउनु भयो । ग्रामिण क्षेत्रका विद्यालयमा अझैपनि धेरै समस्या हुने भएकाले पालिका र शिक्षा शाखाले बेला बेला विद्यालयहरुको अनुगमन गरि सुझाव दिन पनि आग्रह गर्नु भयो । यस्तै बालविकास आधारभुत विद्यालयका शिक्षक धिरेन्द्र सिंहले तालिमले आफुहरुको शिक्षण सिकाई क्रियाकलापमा ठुलो सहयोग पुग्ने बताउनु भयो । आफुहरु पहिले निमार्ण भएका शैक्षिक सामाग्रीमा मात्र भर पर्ने गरेको र यो तालिम पश्चात स्थानिय स्तरमै उपलब्ध सामाग्री निमार्ण गरि प्रयोग गर्न सकिने बताउनु भयो । सबै शिक्षकहरुका लागी तालिमले सहज गरेकाले अब विद्यालयमा प्रयोगमा ल्याउने पनि बताउनु भयो ।


समापन कार्यक्रममा बोल्दै खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष उत्तम रोकायाले तालिमले यस क्षेत्रको शैक्षिक सुधारमा ठुलो टेवा पु¥याउने विश्वस रहेको बताउनु भयो । शैक्षिक सुधारका लागी रिड नेपाललेगरेको यो प्रयास उपलब्धीमुलक र प्रभावकारी भएकाले आगामि दिनमा पनि शैक्षिक क्षेत्र सुधारका लागी सहकार्य गर्न पालिका तयार रहेको बताउनु भयो । कार्यक्रममा पालिकाका सबै वडाका वडाध्यक्षहरु, शिक्षा शाखा संयोजक लगायतको उपस्थिति रहेको थियो । रिड नेपालले बझाङका विभिन्न पालिकाहरुमा शिक्षामा स्थायित्व अभिवृद्धि परियोजना अन्र्तगत शैक्षिक सुधारका कार्यक्रम संचालित छन । पाठ्यक्रममा आधारित शैक्षिक सामाग्रीको माध्यामबाट सरल र सहज तरिकाले कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा तालिममा सहभागि शिक्षकहरु संग छलफल गरिएको रिड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले जानकारी दिनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै