नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिकामा आज शोक बिदा

बझाङ : जीप दुर्घटनामा परेर पालिकाभित्रका ८ जनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ। 

मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक बिदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिए।

बुधबार दिउँसो मष्टा गाउँपालिका वडा नं १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो। 
सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जीप दुर्घटना भएको हो। 

दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।