नेभिगेशन
सुदूरपश्चिम

शोकमा मष्टा गाउँपालिका, मृतकको संख्या ८ पुग्यो, एक जनाको अवस्था गम्भीर (नामावलीसहित) 

बझाङ : बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । गम्भीर घाइते ५० बर्षिया सिन्कि देवि भण्डारीको उपचारका लागि धनगढी लैजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो । 

अब घाइते संख्या १५ जना रहेका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका- २, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने घाइते ४ जना धनगढी रेफर गरिएको छ । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रेफर गरिएको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ बर्षिया झरेन्द्र बोहरा रहेका छन् । बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । 

दुर्घटनामा परि १७ जना घाईते मध्ये थप २ जनाको मृत्यु भएपछि अब घाइते संख्या १५ रहेको बझाङ प्रहरीले जनाएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, २५ बर्षिया कमला कठायत, २१ बर्षिया नन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए । जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो । ‘सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले भने ।  दुर्घटनामा प्रायः जसो मष्टा २ का मानिसहरुले ज्यान गुमाएका छन् । दुर्घटनाले मष्टा गाउँपालिका शोकमा डुबेको छ । यसअघि २०७६ साल असार २ गते पनि सोही सडक खण्ड अन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै