नेभिगेशन
जयपृथ्वी विशेष

बझाङका प्रहरी जवान धनबहादुरको दुःखेसो : न सपना पुरा भए न ज्यानलाई सन्चो छ 

द्धन्दकालिन् पिडा

तत्कालीन् द्धन्द चर्किएको बेला २०६० साल भदौ ३० गते विद्रोहीसँगको दोहोरो भेडेन्तमा परि सुर्मा गाउँपालिका २ दोगडीका प्रहरी जवना धनबहादुर बोहरा गम्भीर घाइते भए । उनी जिल्ला प्रहरी चौकी डोटीबाट सुरक्षा गस्ती टोलीसँग डोटीको पूर्वीचौकी गाउँपालिकाको साना गाउँ पुग्दा बिद्रोहीसँग दोहोरो झडप भएको हो । झडपमा परि उनको छाती, घाँटी र आँखामा गम्भीर चोट लाग्यो । 

त्यसपछ उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज मेडिकल कलेज लगियो । त्यहाँ उपचारपछि उनको ज्यान त बच्यो तर आँखाको ज्योती र घाउका डोबहरु कहिल्यै नबिर्सिने खत बने । 

अहिले उनलाई प्रहरीको रासनभत्ता र तलब गरि ३५ हजार जति आउँछ त्यसले सदरमुकाम चैनपुरमा बसेर परिवार पाल्न, छोराछोरी पढाउन र आफ्नो नियमित चेकजाँच तथा उपचार गर्न पुग्दैन । उनी अहिले आफू अपांग नभएको भए प्रहरी जवानबाट बढुवा भएर असइसम्म पुग्ने समय भएको बताउँछन् । एकातिर सरकारले प्रहरी जवान सरहको तलबभत्ता मात्रै दिने,  अर्कोतिर चैनपुरमा बसेर परिवार तथा छोराछोरीको लालनपालन र पढाइलेखाइ गर्न नपुग्ने र बेला बेला स्वास्थ्य चेकजाँच गर्न समस्या उनलाई भइरहेको  छ । 

उनको दायाँ आँखा अलिकति देख्ने र बाँया आँखा पटक्कै नदेख्ने समस्या छ । जीवन कालमा देशको सेवा गर्छु भने प्रहरीको जागिरमा आकर्षित भएका बोहरा प्रहरी जवान भएको ४ वर्ष नबित्दै घरमा थन्किन पुगे । अहिले उनको छोराछोरीको पढाई खर्च सरकारले व्यहोरिदिएको भए र आफूलाई केही उपचार खर्च दिए निकै सहज हुने भनाई छ । 
उनी एक लठ्ठीको साहारामा घरभित्र बाहिर गर्ने गर्छन् ।

अस्पताल जाँदा पनि कोही साहार नहुँदा दुःख हुने गरेको उनको दुःखेसो छ । जीवन संगीनी लक्ष्मीदेवी बोहराले घरव्यवहार र छोराछोरी हेर्नु कि आफ्रूलाई हेर्नु भन्दै उनी दुःख पोख्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै