नेभिगेशन
जयपृथ्वी विशेष

प्राकृतिक विपद र महामारीले धर्मराएको प्रसिद्ध शिल्देवी जात

३ वर्षपछि उद्योग वाणिज्य संघ बझाङले शिल्देवी मेलाको अवषर पारि आइतबार भलिबल प्रतियोगीताको उद्घाटन गर्‍यो । ‘बझाङ उद्योग वाणिज्य संघ कप २०७९’ प्रतियोगीतामा जिल्लाका पालिका स्तरिय १६ पुरुष र ९ महिला टिम सहभागी छन् । मंगलबारसम्म ११ खेल सम्पन्न भएका छन् ।  कार्तिक १ गते मंगलबारबाट महिला/पुरुष देउडा प्रतियोगीता पनि सुरु भएको छ तर बझाङबासीलाई कामको व्यस्तता र निर्धारित मिति मौषमका कारण घर्किदा पहिलेका वर्षहरुजस्तो उमंग चैनपुरमा अहिले छैन । पहिले टाढा-टाढाबाट देउडा खेलाडी, इष्टमित्र भेट गर्नेहरु र युवायुवतीको चैनपुरमा बाक्लो उपस्थिति हुन्थ्यो । 

यस पटक पुरुष भलिबलतर्फ प्रथम टिमलाई १ लाख ३१ हजार पुरस्कारको व्यवस्था गरिएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले जानकारी दिए । पालिकास्तरीय भलिबलतर्फ सर्वाधिक पुरस्कारको व्यवस्था गरिएको सुर्मेलीले बताए । पुरुष भलिबलतर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १११ रुपैयाँ तोकिएको छ । द्वितीय पुरस्कार ७५ हजार १११ तथा तृतीय पुरस्कार ५१ हजार एक १११ तोकिएको छ । साथै, सान्त्वना पुरस्कार ११ हजार १११ रुपैयाँ छ । 

महिला भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार १११, द्वितीय पुरस्कार ३१ हजार १११ तथा तृतीय पुरस्कार २१ हजार १११ छ । सान्त्वना पुरस्कार ५ हजार १११ रुपैयाँ व्यवस्था गरिएको छ । विजेता टिमलाई कप, मेडलको साथै प्रमाण पत्रको व्यवस्था गरिएको छ । यस्तै देउडामा पनि प्रथम र दोस्रो स्थान प्राप्त गर्नेलाई नगद पुरस्कारसहित सम्मान गरिने उद्योग वाणिज्य संघले जनाएको छ । 

यी खेलहरु सञ्चालन हुने निर्धारित मिति असोज २३ गते कोजाग्रत पूर्णिमाका दिन हो तर यस वर्ष पनि त्यस समयमा बेमौसी पानीले अवरोध गर्‍यो । यसअघिका २०७७ सालमा कोरोना महामारी, २०७८ सालमा पनि बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले शिलदेवी मेला अवरोध गरि रह्यो । विगतका वर्षमा कोजाग्रत पूर्णिमाका दिनदेखि चैनपुरमा सुर्मादेवी (शिलदेवी) मेला हेर्न आउनेको चहलपहल सुरु हुन्थ्यो ।
 

मेलाकै अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले आफ्ना सन्देशसहितका ब्यानरले सदरमुकाम चैनपुरलाई दुलहीझैँ सजाइएको देखिन्थ्यो । बजारमा लुगाकपडा, बालबालिकाका खेलौना, सडक छेउमा मिठाइ पसल हुन्थेँ ।  जताततै पाल टाँगिएका पसलमा राखिएका अनेकन चिज वस्तु हेर्नेको भिड देखिन्थ्यो । चैनपुर सबै सडकमा युवकहरुले युवती पछ्याएका दृश्यहरु देखिन्थे । स्थानीय एफएम रेडियोमा फलानो ठाउँमा यस्तो कार्यक्रम हुने भनेर सूचना बज्थे । तर यी तीन वर्ष भने धेरैलाई त शिलदेवी जात्रा कहिले हो याद नै भएन ।


कोजाग्रत पूर्णिमाको दिनबाट सुरु हुने  यो मेला जिल्लाको प्रसिद्ध र प्रमुख मेलाका रुपमा मानिने हुँदा विभिन्न कार्यक्रम गरी ३–४ दिनसम्म मनाइन्छ ।

मेलालाई जिल्लाभरिका मान्छेको भेटघाट गर्नेथलोका रुपमा पनि चिनिन्छ । मेलालाई व्यवस्थित गर्न  पछिल्लो समय महिला–महिला, पुरुष–पुरुष र महिला–पुरुषका देउडा खेल, सांस्कृतिक कार्यक्रम, सडक नाटक, राजनीतिक पार्टीका भेटघाट, कोणसभालगायतका कार्यक्रम पनि यसै समयमा गर्ने हुँदा यसलाई मिनी महोत्सवका रुपमा पनि लिइने गरिन्छ।  जात्रामा  भलिबल र सांस्कृतिक कार्यक्रम हुने हुँदा ४ दिनसम्म मनाइन्छ । छिमेकी जिल्ला बाजुरा, बैतडी, अछाम, डोटी, डडेलधुरासम्मका देउडा खेलाडी र भक्तजन पनि  मेला हेर्न आउने गर्छन् । 


मेलाको ऐतिहासिक महत्व
११ औँ शताब्तीतिर दुर्गादेवीकी १६ बहिनीमध्ये सुर्मादेवी सुर्मा सरोबर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापासँग काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुलीगाड खोलाको बहाव बढाई चैनपुर बगाइदिएको किम्बदन्ती छ ।

उक्त भनाइअनुसार कोजाग्रत पूर्णिमाको दिन भएको घटना चैनपुर उपत्यकाबीच भागमा रहेको ढुंगामा बसेर सुर्मादेवीले हेरेकाले सोही ढुंगा (शिल) लाई यहाँका मानिसले मन्दिर बनाई पूजा गर्दै मेला गर्न थालेका हुन् । त्यही दिनको सम्झनामा प्रत्येक कोजाग्रत पूर्णिमाको दिन मेला लाग्ने गरेको बझाङी इतिहासका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् ।

शास्त्रीका अनुसार पछि १६ औँ शताब्दीतिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भव्य बनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आकर्षक गराउन पहल गरेका थिए । मेलाको दिन आएर शिलदेवीको दर्शन गरे पुण्य प्राप्त हुने र यच्छाले चाहएको बर प्राप्त हुने भनाइले यसको महत्व अझ बढेको शास्त्री बताउँछन् ।

फोटो क्याप्सन ः आइतबार जिल्ला सदरमुकाम चैनपुर आयोजित बझाङ उद्योग वाणिज्य संघ कप २०७९ को उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै