नेभिगेशन
समाज

आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

काठमाडौं : कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ ।

साथै स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले सूचना निकालेर कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो अनुरोध गरेको हो ।

विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि  विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।

विमानस्थल आवात-जावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, शरीरको तापक्रम मापन गराउने, सेनिटाइजरको प्रयोग, लाइनमा तोकिएको सांकेतिक पाइलामा उभिनु पर्ने, आन्तरिक तथा वाह्य जाने यात्रुले ट्राभलर डिर्पाचर फर्म भर्नु पर्नेलगायतका नियम कार्यान्यवन गर्न पनि भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै