नेभिगेशन
राजनिति

कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

काठमाडौँ : निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको जनाएको छ । 

यी प्रदेशबाट प्रतिनिधिसभामा ३८ र प्रदेशसभामा ८० निर्वाचन क्षेत्र छन् । मंसिर ४ मा हुने निर्वाचनका लागि कर्णाली र सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पुर्‍याइसक्नुपर्ने हुन्छ ।

आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावली सार्वजनिक गरेलगत्तै प्राथमिकतामा राखेर कर्णाली र सुदूरपश्चिमको मतपत्र छाप्न सुरु गरेको थियो । अन्य प्रदेशको मतपत्र छपाइ क्रमशः भइरहेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ ।

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार मतपत्र रहेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।