नेभिगेशन
सुदूरपश्चिम

बझाङका सबै बागीको उम्मेदवारी फिर्ता

बझाङ: गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने बझाङमा पाँच जना थिए ।

प्रतिनिधिसभातर्फ गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काङग्रेसका पूर्वसभापति हर्कजङ बहादुर सिंह र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले आफ्नो उम्मेदवारी फिर्ता लिए । सिंहले गठबन्धनले कांग्रेस बचाउने सर्तमा आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् भने धामीले एमालेका उम्मेदवार ऐन महरलाई समर्थन गर्दै मनोनयन फिर्ता गरेका छन् ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका जगतप्रशाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन् ।

उनले पार्टीले गरेको अनुरोध र पार्टीको निर्णयलाई सम्मान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए । यस्तै, प्रदेश १ कै लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हेमराज तिमिल्सिनाले जानकारी दिए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै