नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमका महिला नेत्रीमाथि अविश्वास, प्रतिनिधि सभाका लागि ४ जना मात्रै मैदानमा

बझाङ: २०१५ सालमा बनेको नेपालको पहिलो संसदमा डडेल्धुराबाट द्धारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन्। नेपालको नयाँ संविधान २०७२ ले संसदमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ, भने समानुपातिक समावेशीकरणलाई निर्देशक सिद्धान्तको रुपमा उल्लेख गरेको छ। तर, संविधानमै व्यवस्था हुँदा पनि निर्णायक पदमा महिलाको उल्लेख्य प्रतिनिधित्व छैन। 

संघ र प्रदेशको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैतर्फ महिला र पुरुषको समान प्रतिनिधित्व गराउन महिला नेतृहरुको माग छ। पार्टीमा रहेर गरेको योगदान र जनताको हितमा गरेको कामको कुनै मूल्यांकन नै नगरेर पार्टीले पुरुषलाई मात्रै टिकट दिएर महिला नेत्रीलाई पन्छाउने गर्दै आएको नेपाली काँग्रेसकी नेत्री जागृती बोगटीले बताइन्। ‘महिलाहरुसँग नेतृत्व लिने क्षमता हुँदाहुँदै पनि निर्वाचनमा टिकट दिनबाटै वञ्चित गराउनु पार्टीका लागि पनि हितकर हुँदैन। सक्षम महिलालाई क्षमताको आधारमा नेतृत्वमा समान व्यवहार गर्नुपर्नेमा त्यो देखिदैन्’ उनले भनिन, ‘महिलालाई अहिले पनि किन केन्द्रीय राजनीतिमा स्थान दिइएन। यो बुझिनसक्नुको विषय बनेको छ।’


१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रमुख पार्टीहरुले महिला उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन्। कञ्चनपुर क्षेत्र नम्बर ३ बाट एमालेले निरु पाललाई उम्मेदवार बनाएपछि उनले मनोनयन दर्ता गरेकी छिन्। पालको गठबन्धनकातर्फबाट काँग्रेस उम्मेदवार रहेका रमेश लेखकसँग प्रतिस्पर्धा हुनेछ। कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट विना मगरलाई उम्मेदवार बनाइएको छ। 

यस्तै डोटीमा एमाललेले गौरी वलीलाई उम्मेदवार बनाएको छ। उनको प्रतिस्पर्धा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेसँग हुनेछ। अर्की महिला उम्मेदवार हुन् नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ। रेशम पत्नी रञ्जिताले कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेकी छन्। 


गठबन्धनमा ९ सिट पाएको काँग्रेसले भने कुनै पनि निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छैन।  एकीकृत समाजवादीका पनि सबै पुरुष छन्। 


गठबन्धन गरिएको भएपनि महिला सहभागिता नदेखिएको नेकपा एमालेबाट प्रदेश सभा सदस्य मनाकुमार साउँदले बताइन्। ‘प्रतिनिधि सभामा महिला सहभागिता देखिएकै छैन। यो कुनै एउटा पार्टी विशेषमा मात्र नभएर नेपालका सबै पार्टीले महिलालाई संविधानले गरेको व्यवस्थाअनुसार स्थान दिन सकेको देखिँदैन’ उनले भने। 

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा पनि महिला उम्मेदवारी शून्य छ। महिलालाई टिकट नदिनु र नेतृत्वसम्म नपुग्नुको कारण दलहरुको पुरातन सोच रहेको महिला नेत्रीको गुनासो छ। 

बैतडीबाट प्रदेशसभा उम्मेदवारमा भने महिला प्रतिनिधित्व भएको छ। जसमा दुवै क्षेत्रमा एक/एक महिलाले उम्मेदवारी दिएका छन्। ‘क’ मा राप्रपा नेपालका कृष्णा पन्तले उम्मेदवारी दिएका छन् भने ‘ख’ मा नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले उम्मेदवारी दर्ता गराएका छन्। 

संविधानमै एक तिहाई महिला सहभागिता सुनिश्चित भएपनि निर्वाचनमा महिलालाई समानुपातिकमा मात्रै खुम्च्याइँने काम भएको सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला वडाल जोशीले बताइन्। ‘दलहरुमा देखिएको पुरातन सोच र महिलामाथि गरिने अविश्वासकै कारण केन्द्रीय राजनीतिमा महिला सहभागिता निकै न्यून छ’ उनले भनिन्, ‘केन्द्रमा बसेका शिर्षस्थ नेताको सोच नै महिला नेतृलाई स्थान दिनेमा देखिँदैन।’

२०७४ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर ५ बाट आरजु राणा देउवा तत्कालिन बाम गठबन्धन (एमाले–माओवादी केन्द्र–राष्ट्रिय जनमोर्चा) बाट उम्मेदवार बनेकी थिइन्। यस्तै प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर १ मा मदनकुमारी शाह उम्मेदवार थिए। तर, दुवै पराजित भए। 

उता कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट विना मगर उम्मेदवार थिइन्। उनी भने विजय भएकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै