नेभिगेशन
समाज

प्रेस पास नवीकरण अनलाइनबाटै, पत्रकार प्रशिक्षणको पनि व्यवस्था गरिने

सरकारले आगामी आर्थिक वर्षदेखि प्रेस पास अनलाइनबाटै नवीकरण गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आगामी आर्थिक वर्षबाट अनलाइन नवीकरणको व्यवस्था गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए ।

'अहिले प्रेस पास नवीकरण तथा नयाँ लिन निकै कठिन रहेछ । नवीकरण गर्न जाजरकोटबाट पनि सञ्चारग्राम आउनु पर्ने' अर्थ समितिले राखेको पूर्वबजेट छलफल कार्यक्रममा सचिव बस्यालले भने, 'आगामी आर्थिक वर्षबाट भने अनलाइनबाट नवीकरण गर्ने गरी काम अघि बढाएका छौँ ।'

उनले आगामी आर्थिक वर्षबाट पत्रकार प्रशिक्षणको पनि व्यवस्था गरिने बताए । 'कति ज्ञान भएपछि पत्रकार हुन पाइने हो, सामान्य कस्तो कुरा जान्नु पर्ने हो यी विषयसहित पत्रकार प्रशिक्षणको व्यवस्था पनि गरिनेछ,' बस्यालले भने ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ३१ करोड ३९ लाख बजेट सिलिङ तोकेको छ । जसमध्ये २७ करोड ९७ लाख रुपैयाँ पुँजीगत र तीन करोड ४१ लाख रुपैयाँ चालु खर्च प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै