नेभिगेशन
राजनिति

अहिलेका राजनैतिक दलहरुमा राजनैतिक नैतिकता नभएकाले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन: बिरेन्द्र मल्ल

नेताका श्रीमती, छोरीबुहारी, भाईभतिज लगायत आफ्ना नजिककाले मात्र हरेक अवसर पाउने भएपछि राजा र नेताहरुका के फरक छ ?

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङका जिल्ला अध्यक्ष बिरेन्द्र मल्लले अहिलेका राजनैतिक दलहरुमा राजनैतिक नैतिकता नभएकाले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको बताउनु भयको छ । आगामि मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा ख का उम्मेदवार समेत रहेका मल्लले अहिलेका दलका नेताहरुमा राजनैतिक संस्कार नहुँदा देशविकास र समाज परिवर्ततनका लागी नभई पद प्राप्ती र पैसा कमाउने उदेश्यका लागी मात्र राजनितिमा आउने गरेको बताउनु भयो ।

मनोनयन दर्ता पछि पार्टीका तर्फ बाट आज जिल्ला  सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष समेत रहेका मल्ले अहिले सम्म जिल्लामा हरेक चुनाव लडेका पार्टी र नेताहरुले जिल्लाको विकास र समृद्धिमा ध्यान नदिई व्यक्तिगत स्वार्थमा लागेका कारण जिल्लाको विकास हुन नसकेको बताउनु भयो । बझाङ धार्मीक तथा पर्यटकिय सम्भावना भएपनि अहिले सम्म यसको विकास हुन नसकेको भन्दै झुलाघाट चमेलिया किनार, बुङगल हुदै साईपाल र ताक्लाकोट सजिलै जोडने सडक निमार्ण गर्न सकिने आफु संग योजना रहेको समेत बताउनु भयो ।

यस्तै देउरा देखि धनगडी सम्म सुरुङ र बाह्य मार्ग मार्फत एक सय किलोमिटरमै धनगडी पुगिने र सबै पालिकामा उच्च प्रविधिको अस्पताल निमार्ण गर्ने, शैक्षिक संस्थालाई राजनितिमुक्त बनाउने सम्म आफ्नो योजना रहेको समेत बताउनु भयो । यस्तै फरक प्रसंगमा तपाईको पार्टी राजसंस्थाको मुद्धा बोकेर चुनावमा गएको छ ? गणतन्त्र आईसकेपछि किन राजतन्त्रको मुद्धा बोक्ने पार्टीलाई जनताले मत दिने भन्ने पत्रकारको प्रश्नमा मल्ले अहिलेका नेता र राजमा केहि फरक नभएको बताउनु भयो । नेताका श्रीमती, छोरीबुहारी, भाईभतिज लगायत आफ्ना नजिककाले मात्र हरेक अवसर पाउने भएपछि जनताले के पाएका छन हरेक अवसर नेताका आसेपासेलाई मात्र हुने जनताले केहि नपाउने भएपछि राजा र दलका नेताहरुका केफरक भनेर प्रतिप्रश्न गर्नु भयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै