नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिकाले आयोजना गरेको महिलापुरुष भलिबलमा थलारा र छबिसपाथिभेराको जीत

बझाङ : बझाङको थलारा गाउँपालिकाले दसैंतिहारको अवसर पारी आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगिताको खेल आज सम्पन्न भएको छ ।

असोज १५ गतेबाट सुरु भएको महिलापुरुष भलिबल प्रतियोगीता आज सम्पन्न भएको हो । प्रतियोगीतामा पुरुष तर्फ आयोजक समेत रहेको थलारा गाउँपालिका टिमले प्रथम स्थान हासिल गरेको छ भने जयपृथ्वी नगरपालिकाले दोस्रो, छबिसपाथिभेरा गाउँपालिकाले तेस्रो र अमृत मेमोरियल छबिसपाथिभेरा ३ ले सान्तवना स्थान हात पारेका छन् । यस्तै महिला तर्फ छबिसपाथिभेरा गाउँपालिका प्रथम, मष्टा गाउँपालिका द्धितिय, जयपृथ्वी नगरपालिका तृतिय र सुर्मा गाउँपालिकाले सान्तवना स्थान हात पारेका छन् ।

 प्रतियोगीतामा पुरुष तर्फ १६ टिम र महिला तर्फ ८ महिला टिम गरि जम्मा २४ टिमले सहभागीता जनाएका थिए । प्रतियोगीतामा पुरुष तर्फ प्रथम हुनेलाई एक लाख ३२ हजार १० रुपैँया, द्धितिय हुने ७० हजार १० रुपैयाँ, तृतिय हुनेले ४५ हजार १० रुपैँया र सान्तवना हुनेले ७ हजार १० रुपैँयासहित मेडल, ट्रफि र प्रमाण पत्र हस्तान्तरण गरिएको छ भने महिला तर्फ प्रथम हुनेलाई ५१ हजार १० रुपैँया, द्धितिय हुनेलाई ३० हजार १० रुपैँया, तृतिय हुनेलाई १५ हजार १० रुपैँया र सान्तवना हुनेलाई ३ हजार १० रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरिएको स्थानीय गौतम विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै