नेभिगेशन
सुदूरपश्चिम

बझाङको ढँडार मष्टा मन्दिरमा इन्द्र जात्रा

बझाङ : बझाङको ढँडार मष्टा मन्दिरमा लाग्ने इन्द्र जात्रा आजबाट सुरु भएको छ । मष्टा गाउँपालिकामा लाग्ने उक्त जात्रा आजबाट सुरु भएको हो ।

रामायणकालका योध्दा, इन्द्रपुत्र जयन्तलाई मष्टोको अर्को रुप मानिने भएकाले काठमाडौंजस्तै मष्टा मन्दिरमा पनि इन्द्र जात्रा मनाइन्छ । आज पुजा थापना गरेर इन्द्रध्वजा ठड्याइएको छ । आज आलिपाली, तलकोटी राजाहरु, तुतीधनातली लगाएतका ठाउँका मानिसहरु उक्त जात्रामा सहभागी हुनेगर्दछन् ।

इन्द्रको राज्य सुरक्षाका लागि उनले दानवहरूसँग युद्ध गरेको र केही व्यक्तिहरूको मान्यतामा लडाइँमा देवताहरूको जित भइसकेपछि उनलाई इन्द्रले नै त्यस ठाउँमा स्थापित गराएको भन्दै इन्द्रको पूजा गर्दछन् । स्थानीय मानिसहरू मष्टोसम्बन्धी फाग गीत गाउँदा उनी इन्द्रपुत्र, इन्द्रका बाह्रा अर्थात् पुरीबाट आएको मान्दछन् । मष्टोले आफूलाई इन्द्रपुत्र भन्दछन् र मण्डाल्नी उनकी आमाको नाम हो । उनी इन्द्रकी पत्नी र राक्षसकी पुत्री रहेको स्थानीय मान्यता छ । पुराणमा समेत इन्द्र पत्नी शची पुलोमा दानवकी छोरी रहेको उल्लेख छ । इन्द्रध्वजोत्थानमा इन्द्र, शची र जयन्तसमेतको पूजा गर्नुपर्छ भनिएको छ । 

शास्त्रहरूले त्यस दिन अनन्तलाई विष्णुका रुप मानेर पूजा गर्नु भने पनि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा मान्ने गरेजस्तै त्यसतर्फ देवी मन्दिर तथा आफ्ना कुल देवताको विभिन्न मन्दिरहरूमा पर्वको आयोजना गरी पूजा, धामी नाच आदि हुन्छ । यस दिनमा बझाङ, बाजुरा, डोटी र अछामको बीचमा रहेको प्रसिद्धस्थल खप्तडमा र त्यसको भोलिपल्ट जयपृथ्वी नगरपालिका – १ कैलास पिमीमा कैलास जात्रा र छान्नाको सैनडाँडामा समेत खापर देवताको पूजा र मेलाको आयोजना हुने गरेको छ ।

मष्टामा मनाइने इन्द्र जात्रामा बझाङका रजवारहरु तल्कोटी, बस्ट्याल, पिम्याल, भडारी रजवार, चिउरी, उकालीरजवारका साथै, पुरानो सुन्याल बम्म सहभागी हुने गर्दछन् ।  यसका साथै मष्टाप्रति आस्थावान जुम्ला, हुम्ला, मुगु, रोल्पा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पनि दर्शनाभीलासीहरु जात्रामा आउने गरेको सहकर्मी निकेस धामीले बताउनुभयो ।  उक्त अवसरमा भोली देउडा समेत आयोजना गरिएको बताउनुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै