नेभिगेशन
राजनिति

बझाङबाट नेपाली काँग्रेस प्रदेशसभा ख को समानुपातिक तर्फ विपन्न समुदायकी शान्ति महत सिफारिस

बझाङ : नेपाली काँग्रेस बझाङले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । काँग्रेस बझाङले प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेकोमा प्रदेश निर्वाचन क्षेत्र (ख) मा समानुपातिक तर्फ विपन्न समुदायकी शान्ति कुमारी महतको नाम पनि सिफारिस गरेको छ । लामो समय देखि काँग्रेसको राजनीतिमा सक्रिय महतको यसपालि प्रत्यक्ष तर्फ निर्वाचन लड्ने धोको थियो । तर राजनैतिक वृत्तमा देखिएको गठबन्धनका कारण आफू समानुपातिकमा सिफारिस हुनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । पछिल्ला दुई वटा महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत रहेकी महत सामाजिक काममा सक्रिय छिन । जिल्लाकै विपन्न तथा अति पिछडावर्गको रूपमा देखिएको ज्यावनी समुदायकी महत सिफारिस हुनेमा सो समुदायकी पहिलो महिला समेत हुन । यसपालि पार्टीले आफूलाई न्याय गर्ने विश्वास रहेको उनको भनाइ छ ।  

सिद्धनाथ बहुमुखी क्याम्पस कञ्चनपुर बाट नेवि सङ्घको सदस्य भई राजनीतिमा लागेकी महतले राजनैतिक तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न जिम्मेवारी बहन गरेकी छन् । सुरुवातमा महतले केही बर्ष संस्थामा काम गरिन तर पछि राजनीतिमा निकै सक्रिय भएपछि जागिर छोडेर पुर्णरुपमा राजनीति तर्फ होमिइन । सप्रोस् नेपाल, जिल्ला विकास समिति अन्त्रगतको एलजिसिडिपी कार्यक्रम र सामुदायिक अध्ययन केन्द्रमा सामाजिक परिचालकको काम गर्दै समाजका हरेक समस्या सँग परिचित महतले यसपालि समानुपातिक तर्फ उम्मेदवार बन्ने निर्णय गरेकी छन् ।

विभिन्न पेसागत सङ्गठनको नेतृत्व पनि सम्हालेकी महत २०७४ को स्थानीय तहको निर्वाचनमा दुर्गाथली गाउँपालिका उपाध्यक्षमा पराजित हुन पुगिन । सबै थोक त्यागेर पुर्णरुपमा राजनीतिमा होमिएकी उनी नेपाल ट्रेड युनियन, नेपाल शिक्षक सङ्घ, नेपाल महिला सङ्घ, महिला अधिकारका लागि महिला समूह, एकल महिला समूह, मेची महाकाली बुहारी संयुक्त आवाज लगायतका सङ्गठनमा विभिन्न जिम्मेवारी बहन गरी सकेकी महत अहिले महासमिति सदस्य रहेकी छन् । आफू हरेक समुदायका समस्या प्रति जानकार रहेकाले पिछडा वर्ग, महिला हिंसा  लगायतका विषयमा प्रदेश सभामा आवाज बुलन्द गर्न पनि योग्य भएकाले यस पालीको निर्वाचनमा पार्टीले मलाई न्याय दिने उनी बताउँछिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै