नेभिगेशन
सुदूरपश्चिम

कार्यबाहकको भरमा थलारा गाउँपालिका, दुई पत्रकारसहित पालिका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा 

बझाङ: बझाङको थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी पूर्वी जिल्लाहरुका पर्यटकिय भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकाया, उपाध्यक्ष रामबहादुर खाती, प्रमुख प्रसाशकीय अधिकृत सिद्धराज पण्डित, सबै वडाका अध्यक्षहरु, सचिवहरु र पत्रकार डिबी विष्ट र पदमबहादुर खड्का भ्रमणमा निस्किएका हुन्। 

सबै जना भ्रमणमा गएका कारण गाउँपालिका जनप्रतिनिधिविहीन भएको स्थानीयले बताएका छन्। सबै जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको स्थानीयको गुनासो छ। कार्यबाहको भरमा गाउँपालिका छोडेर जनप्रतिनिधि नेपालका पूर्वी जिल्लाहरुको भ्रमणमा निस्किएपछि सामाजिक सुरक्षा भत्ता प्रवाहमासमेत असर परेको स्थानीयले बताएका छन्। 

यस विषयमा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले ४० जना भ्रमणमा आएको र गाउँपालिका तथा वडाहरुको कामकारवाहीमा भने केही असर नपरेको बताए। भ्रमणमा कति दिन लाग्छ भन्ने यकिन समेत नरहेको खातीले बताएका छन्। 

पालिकाका ४० जना जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा आएपनि ‘अफ सिजन’ भएकाले सेवा प्रवाहमा केही फरक नपर्ने उनको तर्क छ। यता थलारा गाउँपालिका र वडाहरु भने सबै कार्यबाहकको भरमा सञ्चालन भइरहेका छन् । पालिकाले के उद्येश्यले भ्रमण थालेको र कति दिने भ्रमण हो भन्नेबारे खुलाएको छैन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै