नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइयो

केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पालिकाले उत्पादकले सूचना प्रकाशन मुल्य सार्वजनिक नगरेका २९ लाखको औषधी खरिद गरेको पाइएको हो ।

सार्वजिनक खरिद नियमावलीमा २० लाखसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ तर केदारस्युँ गाउँपालिकाले उक्त प्रक्रिया वेगर रु. २९ लाखको औषधी सोझै खरिद गरेको देखिएको छ । 

प्रतिवेदनमा आपूर्ति भएका औषधी एंवम सर्जिकल सामान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधीको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न नसकिएको, औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र जिन्सीबाट हस्तान्तरण भई आएको खुल्नेगरी व्यवस्थित रुपमा आम्दानी बाँध्ने नगरेको र औषधिको खर्च घटाउँदा माग फारामको आधारमा घटाउनु पर्नेमा एकमुष्ट घटाउने गरेको हुँदा औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हनेगरी अभिलेख राख्ने, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको यकिन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधको विवरण खुल्नेगरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको औषधीहरु जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नतर्फ ध्यान दिनुपर्ने टिप्पणी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै