नेभिगेशन
जयपृथ्वी विशेष

केदारस्युँ गाउँपालिका : एक आर्थिक वर्षमा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च, मनपरि कर्मचारी र स्वकीय नियुक्त

केदारस्युँ गाउँपालिका जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेका छन् ।

महालेखा परिक्षक कार्यालयको २०७९ को वार्षीक प्रतिवेदनमा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेको पाइएको हो ।

एक आर्थिक वर्षमा निवर्तमान गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले ७२ हजार, गाउँपालिका उपाध्यक्ष निशा धामीले ६० हजार, ९ जना वडाध्यक्षहरुले ३ लाख ७८ हजार, ६ जना कार्यपालिका सदस्यले २ लाख १६ हजार र ३० जना गाउँसभा सदस्यहरुले ६ लाख ९६ हजार खर्च गरेको पाइएको हो । 

यस्तै सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधकारी तथा सदयको सुविधा सम्वन्धी ऐन, २०७५ मा यस सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सल्लाहकार राख्न पाउने व्यवस्था नगरेको र यसैगरी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३(८) मा तोकएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ती गर्न नहने उल्लेख भए पनि केदारस्युँ गाउँपालकाका अध्यक्ष इन्द्र भण्डारीले भने विपन रोकायालाई स्वकीय सल्लाहकार नियक्त गरी मासिक रु १८ हजारका दरले भुक्तानी गरेको अनियिमत देखिएको छ । यस्तै नियम विपरित भान्सेमा प्रसान्त भण्डारीलाई नियुक्त गरि मासिक रु १५ हजार ९ सय ५० का दरले तलब भुक्तानी गरेको पाइएको छ । उता ९ वटै वडामा पनि कानुन विपरित गएर न्यायिक सहजकर्ता नियुक्त गरि प्रतिव्यक्ति मासिरु रु १५ हजार तलब सुविधा दिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै