नेभिगेशन
समाज

काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा अहिले हल्का वर्षा, दिउँसो जमिन भिज्ने गरी देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले यी क्षेत्रमा हल्का पानी परेको र दिउँसोपछि जमिन भिज्ने गरी पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी पार्ने प्रणाली पूर्वी क्षेत्रमा सरिरहेकाले दिउँसोपछि पूर्वी क्षेत्रमा पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छ । स्थानिय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन्  ।

सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न थालेको मौसमविद्ले बताएका छन् ।  भोलि र पर्सिसम्म नै यो प्रणाली सक्रिय रहने सम्भावना रहेकाले भोलि र पर्सि पनि पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, देशका धेरैजसो ठाउँमा तुँवालो लागेको छ । भारतबाट धुवाँ र धुलोसहितको हावा नेपाल प्रवेश गरेकाले तराईका जिल्लासहित देशका धेरै ठाउँमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै