नेभिगेशन
समाज

२०७७ सालमा विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाए

काठमाडौं : २०७७ सालमा विभिन्न विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाएका छन् ।

गएको वैशाख १ गतेदेखि चैत ३१ (आज) सम्ममा विभिन्न ४ हजार १ सय ५७ वटा विपदजन्य घटनामा ५ सय ९२ जनाले ज्यान गुमाएका हुन् ।

सोही अवधिमा विभिन्न घटनामा परी ११ सय ६७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


यो एक वर्षमा पहिरोमा परी ज्यान गुमाउनेमा सबैभन्दा बढी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । पहिरोमा परी ३ सय १ जनाको मृत्यु भएको छ । अझै ६४ जना बेपत्ता छन् । यसैगरी आगलागीका घटनामा परी ९७ जना, चट्याङ लागेर ७० जना, सर्पको टोकाइबाट २१ जना र विभिन्न जनावरले आक्रमण गर्दा ३७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

यो एक वर्षमा बाढीमा परेर ४२ जनाले ज्यान गुमाएका छन् ।


स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।