नेभिगेशन
सुदूरपश्चिम

१३ सांसद मात्रै आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

बझाङ: सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, एक घण्टा ढिलो गरेर बसेको बैठक गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले स्थगित गरेका हुन्। बैठक सुरु गर्न १४ जना सदस्य चाहिने भएपनि त्यति पनि नपुगेपछि स्थगित गरेर आजै अर्को बैठक ३ बजेको लागि बोलाइएको छ। प्रदेशसभा सचिवालयकाअनुसार  मंगलबार बिहानको बैठकमा १३ जना मात्र उपस्थित थिए। बैठकमा सत्तारूढ नेपाली कांग्रेसका कुनै पनि प्रदेश सभा सदस्यको उपस्थिति थिएन। सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर ३७ जना प्रदेशसभा सदस्य छन्। माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्। कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ। विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि बजेटको विरोधमा छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै