नेभिगेशन
समाज

नेपाल बङ्गलादेश बैंक बझाङ शाखाले जयपृथ्वीका ६ वटा शैक्षिक संस्थालाई फिल्टर र प्लास्टिक जार वितरण गर्‍यो

बझाङ : नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाले शुक्रबार जयपृथ्वी नगरपालिका भित्रका विभिन्न ६ वटा विद्यालय र क्याम्पसहरुलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार लगायतका सामाग्री वितरण गरेको छ । 

बैंकले जयपृथ्वी बहुमुखी क्याम्पस, पाण्डु माध्यामिक विद्यालय, बालबिकास माध्यामिक विद्यालय,  भवानी माध्यामिक विद्यालय, नमुना आधारभुत विद्यालय र  भवानी आधारभुत विद्यालयलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार लगायतका सामाग्री वितरण गरेको हो । 

नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाका प्रबन्धक प्रकाश खड्काले बर्खायामको समयमा सरुवा रोगबाट बच्न विद्यालयका प्रधानाध्यापक र क्याम्पस प्रमुखलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाका प्रबन्धक प्रकाश खड्काले बैंकले बेला बेला यसरी नै सामाजिक कार्यमा हात हाल्दै आएको र आगामी दिनहरुमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस्तै सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक तथा क्याम्पस प्रमुखले पनि सामाग्री हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् । साथै असार २७ गतेबाट नेपाल बङ्लादेश बैंक र नबिल बैंकले एकीकृत कारोबार सुरु गर्न लागेकोमा पनि शुभेच्छा पनि प्रकट गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै