नेभिगेशन
खेल

फोर्ब्सको एसियाका प्रभावशाली ३० युवामा नेपालका दुई जना

काठमाडौं : विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् ।

फोर्ब्सले मंगलबार सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् ।

फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएको उल्लेख गरेको छ । सन् २०१९ को दक्षिण एसियाली खेलकूदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन् ।

त्यस्तै सन् २०१६ मा भएको रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी भएकी थिइन् । खेलकूदका साथै गौरिका सामाजिक कार्यमा पनि संलग्न छिन् । उनी अहिले माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन् ।

फोर्ब्सको उक्त सूचीमा परेका प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् । उनले सन् २०१९ मा गरिबी नियन्त्रणको लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै