नेभिगेशन
सुदूरपश्चिम

छविसपाथिभेराको लेकगाउँ स्वास्थ्य चौकीमा सोलार जडान, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका ६ को लेकगाउँ स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिकाको सहयोगमा २.५ किलोवाट क्षमताको सोलार शनिबार जडान गरिएको हो ।

खोरी गाड लघुजल विद्युत जडान गरिएको स्वास्थ्य चौकीमा २४ घण्टा बत्ती नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको स्वास्थ्य चौकी प्रमुख देउपाल जप्रेलले बताउनुभयो । उहाँले बिरामीहरू सेवा लिन २४ घण्टा स्वास्थ्य चौकीमा आए पनि बत्तीको २४ घण्टा उपलब्धता नहुँदा समस्या रहेकाले सोलार जडान गरिएको बताउनुभयो ।

विगत लामोसमयदेखि सोलार नहुँदा सेवा प्रवाहमा समस्या खेप्दै आएको लेकगाउँ स्वास्थ्य चौकामा सोलार जडान भएपछि गुणस्तरीय सेवा प्रवाह गर्न सहज हुने भएको छ ।

२४ घण्टा बत्ती उपलब्ध हुदा कोल्ड चेन ब्यवस्थापन (खोप), सुत्केरि सेवा, प्रयोगशाला सेवा,गर्भवतीलाई भिडियो एक्सरे सेवा तथा अनलाइन रेकर्ड,रिपोर्टिङमा हुँदै आएका समस्याहरुको सामधान भइ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नमा थप सहयोग भएको स्वास्थ्य चौकी प्रमुुख जप्रेलले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।