नेभिगेशन
समाज

इन्धनको मूल्य घट्दा पनि व्यापारीको अटेरी

काठमाडौँ : इन्धनको मूल्य बढ्दा तत्काल सामानको भाउ बढाएका व्यवसायीले मूल्य घट्दा भने घटाउन चासो देखाएका छैनन् । सरकारले १९९ रुपैयाँ प्रतिलिटर पुगेको पेट्रोलमा २० रुपैयाँ र १९२ रुपैयाँ प्रतिलिटर पुगेको डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको एक सातासम्म अन्य वस्तुको बजारभाउ भने उस्तै छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत शनिबार इन्धनको मूल्य घटाएको जानकारी दिँदै बढिरहेको बजारभाउ पनि घट्ने बताएका थिए । बजार अनुगमन प्रभावकारी र परिमाणमुखी बनाउने उनको दाबी थियो । ‘इन्धनमा लाग्दै आएको कर घटेपछि मूल्य स्वत: घटिहाल्छ । यसले जनताले भोग्नुपरेका समस्यामा केही राहत मिल्छ,’ उनले भनेका थिए, ‘आपूर्ति र गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारसँग मिलेर अनुगमनलाई व्यापक बनाई मूल्य नियन्त्रणमा लाग्छौं ।’

बडूले बुधबार पत्रकार सम्मेलनमा पनि प्रदेश र सबै स्थानीय सरकारले समन्वय गरी बजार अनुगमन गर्ने दोहोर्‍याएका थिए । यसले बजार हस्तक्षेप हुने उनको भनाइ थियो तर त्यस्तो सुधार देखिन्न ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा घटाए पनि खाद्यान्नको मूल्य घटेको छैन । सरकारले डिजेल मूल्य घटाएर प्रतिलिटर १६३ रुपैयाँ कायम गरेसँगै यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशत घटेको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ ।

आयल निगमले असार ५ मा डिजेलको मूल्य प्रतिलिटर २७ रुपैयाँ बढाएलगत्तै खाद्य ढुवानीको मूल्य प्रतिकिलो ३ रुपैयाँ बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन् । नेपालगन्जबाट काठमाडौंसम्मको ढुवानी भाडा प्रतिकिलो ३ देखि साढे ३ रुपैयाँ बढेको थियो तर मूल्य घट्दा समायोजन भएन । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर पनि इन्धनको मूल्य बढ्दा खाद्य वस्तुको मूल्य तत्काल बढाएका ठूला व्यापारीले घट्दा समायोजन नगरेको बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै