नेभिगेशन
समाज

एक घर एक बाँदर !

गाउँपालिकाले बाँदर समातेर घरघरै बाँड्नका लागि छुट्यायो ५ लाख बजेट

दोलखा : एक घर एक धारा, एक घर एक शौचालयजस्ता नारा त सबैले सुनेकै छन् । तर जिल्लाको उत्तरी गाउँपालिका कालिञ्चोकमा भने ‘एक घर एक बाँदर’ नारा अघि सारेको छ । बाँदरका हूलले बाली खाइदिएर किसान हैरान छन् ।

गाउँपालिकाले प्रत्येक घरधुरीले एउटा/एउटा बाँदर पाल्नुपर्ने कार्यक्रम ल्याएको सुन्दा नौलो मान्ने थुप्रै छन् । जनप्रतिनिधि भने बाली जोगाउनकै लागि यस्तो नीति लिइएको बताउँछन् ।

गाउँपालिकाले ९ वटै वडाबाट सहमति लिएर यस्तो योजना नीति तथा कार्यक्रममा पारित गरेको हो । गाउँपालिकाका बासिन्दा पनि बाली जोगिन्छ भन्ने आसमा बाँदर पाल्न सहमत देखिएका छन् । बाँदर पाल्नका लागि पालिकाले गाउँसभाबाटै बजेटसमेत पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० मा बाँदर समाउन ५ लाख बजेट विनियोजन गरिएको छ ।

बाँदरले अन्न बाली नष्ट गरेकाले कालिञ्चोकवासी वर्षौंदेखि हैरान छन् । अनेक उपाय लगाउँदा पनि बाँदर नियन्त्रण हुन सकेको छैन । हरेकजसो वडामा स्थानीयले बाँदर नियन्त्रण गरिदिन आग्रह गर्दै निवेदन दिने गरेका थिए । नवनिर्वाचित जनप्रतिनिधिले विभिन्न चरणको छलफलपछि बाँदर घर–घरमा पाल्ने जुक्ति निकालेर निर्णयमा सहमति गरेका हुन् । जंगलमा बुर्कुसी मार्ने बाँदर समातेर पाल्न सजिलो छैन । त्यही भएर पालिकाले बाँदर समात्ने सीप भएका मान्छे खोजेर ल्याउने र तिनले समातेका बाँदर स्थानीयलाई दिने नीति लिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै