नेभिगेशन
सुदूरपश्चिम

सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन

बझाङ : सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनको बिहीबार नेपाल सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीले गर्नुभएको हो । उद्घाटनपछि महान्यायाधिवक्ता खातीले भवनको निरीक्षण समेत गर्नुभयो । भवन उद्घाटनका क्रममा उहाँले देशभरमा भवन निमार्ण भएको भन्दै यी भवनहरुबाट पिडितलाई न्याय दिने र पिडितले न्याय प्राप्त गर्ने अड्डा भएकोले पिडितमैत्रि सहितको कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

समुदायमा सरकारी वकील कार्यालय सञ्चालन भएको र यसका काम के कसरी हुन्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने खातीले बताउनुभयो । अबको दिनमा बझाङ जिल्लामा पनि भवन निमार्ण सँगै न्याय सम्पादन गर्न समेत सहज हुने कुरामा जोड दिनुभयो । भाडामा सञ्चालन हुँदै आएको भाडामा सञ्चालन हुँदै सरकारी वकील कार्यालय बझाङको आफ्नै भवन बनेपछि अब न्याय सम्पादन गर्न सहज हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।