नेभिगेशन
सुदूरपश्चिम

वर्षाका कारण खप्तडछान्नाको एक विद्यालयहरु बन्द

बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको जडारिगाड खोलाको बहाव बढेर हिड्ने बाटोसमेत बगाएपछि आवतजावतमा समस्या भएको भन्दै खप्तडछान्ना गाउँपालिका २ खाती गाउँको एक विद्यालय १ हप्तादेखि बन्द गरिएको छ ।

खप्तडछान्ना गाउँपालिका २ खाती गाउँमा रहेको जगदम्बा आधारभुत विध्यालय गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको अलिरल वर्षासँगै आएको बाढीले बगाएको थियो । 

विद्यालय बगाउँदा रुखको छहारीमा पठनपाठन गर्ने गरेको भए पनि पछिल्ला दिनहरुमा पानी पर्ने र खोलाको बहाव बढेर विद्यार्थीलाई विद्यालय आउन समस्या हुने भएकाले बर्खे विदा अर्थात साउनसम्म विदा दिएको जगदम्बा आधारभूत विध्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र शिवराज खत्रीले बताए । वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उतम रोकायाका अनुसार लगातरको वर्षाले सडकहरु भत्केका कारण बालबालिकाहरुलाई हिँड्डुलमा समस्या हुनसक्ने र विध्यालयको भवन समेत गत सालको बाढीले बगाएपछी विद्यालयमा बर्खे विदा दिइएको हो ।

हाल विध्यार्थीहरुको पठनपाठनका लागि अस्थायी टहरा निर्माण गरे पनि टिनको टहरा भएकाले पठनपाठन गर्दा वर्ष आएपछि टिनको आवाजले पठनपाठन अवरुद हुने भएकाले विध्यालय बन्द गरिएको बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै