नेभिगेशन
राजनिति

मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै नेकपा एसमा ‘विद्रोह’ : मन्त्रीसहित १० सांसदको ८ बुँदे ‘लेटर बम’

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।

बिहीबार बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मन्त्रीहरुको कदमलाई अन्य ६ जना सांसदले पनि समर्थन गरेका छन् । समर्थन गर्नेहरुमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् ।

उनीहरुले नयाँ मन्त्रीहरुको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्ने माग गरेका छन् । उनीहरुले बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा पुराना र नयाँको सन्तुलन नमिलाएको, बजेट पारित नहुँदै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब दिएको लगायतमा विषयमा उनीहरुले आपत्ति जनाएका छन् । - कान्तिपुर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै