नेभिगेशन
सुदूरपश्चिम

बझांगी राजा जयपृथ्वीबहादुर सिंह नेपालको १८ औ राष्ट्रिय विभूति घोषणा

सरकारले बझांगी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गरेको छ । जयपृथ्वीबहादुर सिंहलाई  असार ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयले  राष्ट्रिय विभूतिमा थप गरेको छ । यो संगै जयपृथ्वीबहादुर सिंह नेपालको १८ औ राष्ट्रिय विभूति भएका छन । जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभुती घोषणा गराउन जयपृथ्वी फाउण्डेसनका संस्थापक मिन बहादुर सिंह लामाे समय देखि पहल गरिरहेका थिए ।नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्‍याएका जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो ।

को हुन् जयपृथ्वी ?

वि. सं १९३४ भदौ ७ मा सैपाल हिमालको काख बझाङमा जन्मिएका थिए– जयपृथ्वी । बुवा विक्रमबहादुर सिंह र आमा रुद्र कुमारी सिंहको कोखबाट जन्मिएका जयपृथ्वी मरणोपरान्त नेपालीका शान बनेका छन् ।

नेपाली भाषाको पहिलो किताब ‘अक्षरांक शिक्षा’ का लेखक, बझाङका सुधारवादी राजा, गोरखापत्रका संस्थापक जस्ता पहिचान पनि उनीसँग जोडिएका छन् ।

सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली हुन् उनी ।

३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथि बनेर पुग्ने एक्ला नेपाली पनि उनी हुन् ।

यस्तै, सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा आफ्नो मौलिक दर्शन मानवतावादको प्रवचन दिन आमन्त्रण गरिएका एक्ला नेपाली पनि जय पृथ्वी नै हुन् ।

उनले सन् १९२८ को मार्च ८ मा निर्वासित जीवनकालमै दक्षिण भारतको बैंगलोरमा मानवतावादी क्लबको उद्घाटन गरेका थिए । सोही वर्ष मानवतावाद भन्ने पुस्तक लेखे । ह्युमानिस्ट अर्थात मानवतावादी भन्ने अखबार सञ्चालन गरे । र, विश्वमा शान्तिको सन्देश दिँदै हिँडे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै