नेभिगेशन
सुदूरपश्चिम

धनगढीमा बायोग्यास प्लान्ट कहिले हुन्छ सञ्चालन ?

धनगढीः बैकल्पिक उर्जा प्रबद्धन केन्द्र र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरबीच सन २०१८ अक्टोबर २९ मा बायोग्यास उच्च उत्पादन उद्योग स्थापनाको सम्झौता भयो। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ सरस्वतीनगरमा रहेको ३४ कट्ठा उपमहानगरपालिकाको जमिनमा फोहोरबाट उर्जा र जैविक मल उत्पादनका लागि उद्योग स्थापना गर्न सम्झौता भएको थियो।

सम्झौताको चार वर्ष हुँदा पनि उद्योग सञ्चालनमा आएको छैन। धनगढी उपमहानगरपालिकाले २०७६ वैशाख १६ गते ८ महिनाभित्र उद्योग सञ्चालन गर्न पत्रचार गरे पनि अझै उद्योका लागि आवसश्यक भौतिक संरचनाहरु निर्माणको काम पूरा भएको छैन। देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरका सञ्चालक रविनकान्त पन्तले उद्योगमा विद्युज जडानको काम बाँकी रहेको बताए।

उनका अनुसार केही अन्य भौतिक संरचना निर्माणको काम पनि बाँकी छ। ‘माथि अलि जडानको काम बाँकी छ,’ पन्तले भने, ‘बिजुलीको काम बाँकी छ। नगरपालिकाको चुवनाले अलि ढिलो भयो। हामीलाई जग्गाको लालपुर्जाको फोटोकपी पाएको छैनौं। त्यो पाएपछि विद्युतको मिटर जडान हुन्छ।’

धनगढी उपमहानगरपालिका र उद्योग सञ्चालनका लागि सम्झौता गरेको देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरबीच विद्युत महशुल तिर्ने बिषयमा विवाद देखिएको छ। प्राधिकरणले विद्युत लाइन जडानका लागि लालपुर्जा मागेको छ। उपमहानगरपालिकाको नाममा रहेको जमिनको लालपुर्जाका आधारमा विद्युत जडान गर्दा उपमहानगरपालिकाले महशुल तिर्नुपर्ने भन्दै लालपुर्जाको प्रतिलिपि नदिएको धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए। उनले भने, ‘लालपुर्जा नगरपालिकाको नाममा छ। हाम्रो लालपुर्जाबाट बिजुली लियो भने, नगरपालिकाले पैसा तिर्नपर्छ। प्लान्टले नै पैसा तिर्नेगरी कुरा गर्नुपर्ने भयो।’

विश्व बैँकको ८ करोड, देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरको चार करोड तथा बाँकी बैँकबाट लागनी गर्ने गरी २० करोडको लगानीमा बायोग्यास उद्योग स्थापनाका लागि सम्झौता भएको हो। दैनिक ३० टन फोहोरबाट ७० सिलिण्डर ग्यास र तीन दशमलव ५ टन जैविक मल उत्पादनको योजना उद्योगको छ। बायोग्यास उद्योग सञ्चालनमा आएपछि २० वर्षसम्म देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरले सञ्चालन गर्ने छ। धनगढी उपमहानगरपालिकाले फोहोर उपलब्ध गराउने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।