नेभिगेशन
जयपृथ्वी विशेष

मनसुन सुरू तर बझाङमा सम्भावित विपद् राेक्न छैन पूर्वतयारी

बझाङ : बझाङ प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको छ । तर पनि विपद्को बेला सरोकारवालाको भूमिका त्यति प्रभावकारी देखिएको छैन । बझाङमा सामान्य झरीमा पनि खसिरहने पहिरोबाट बर्सेनि धनजनको क्षति हुने गरेको छ । बाढी, पहिरो र डुबानले जनजीवन प्रभावितको व्यवस्थापनमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका बीच एकअर्कालाई आदेश दिनेबाहेक खासै योजनाबद्ध रूपमा काम गर्न समन्वय भएको देखिँदैन ।

 जिल्ला प्रशासन कार्यालय बझाङले जेठ १२ गते जिल्ला स्तरिय विपद व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारीबारे सामान्य छलफल मात्रै भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जेठ १२ सबै स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधि सहित जिल्ला स्तरिय विपद व्यवस्थापन समितिको बैठक बसेको र सामान्य छलफल गरेको बताउनुभयो ।

उहाँले पालिकाहरुसँग सडक अवरुद्ध नहुन नदिन डोजर, स्काइभेटर तयारी अवस्थामा राख्न, सडक डिभिजन कार्यालय बैतडीलाई आफ्नो क्षेत्राधिकारभित्र तयारी अवस्थामा बस्न आग्रह गएिको  बताउनुभयो । जथाभावी बनेका ग्रामीण सडकका कारण जिल्लाका दर्जनौं बस्ती पहिरोको जोखिममा छन् । सेती नदी र अन्य खोला किनारका बस्तीमा बाढीको जोखिम रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

पहिरोको जोखिमबारे अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था जियो हजार्ड इन्टरनेसनलले सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनमा बझाङ पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ । बझाङमा ७ रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको अवस्थामा १२ वटा पालिकाको ६ हजार ६ सय ३० ठाउँमा पहिरो जाने र ठूलो धनजनको क्षति हुने तथ्यांक सो संस्थाले सार्वजनिक गरेको छ ।

सचेतना कार्यक्रममा विपदबाट बच्न के–के गर्ने ? सावधानीका उपाय कसरी अपनाउने ? विपद आइहाले कसरी सुरक्षित बन्ने ? भन्ने बारेमा नागरिकलाई जानकारी गराउनमा यहाँका स्थानीय तह र सम्बन्धित निकाय मौन देखिन्छन् । प्रदेश सरकारले नदीमा पानीको वहाव मापन गर्ने ‘रेन गेज’को सूचना दिने स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम पनि ल्याएको छैन ।

गत कार्तिकमा मात्रै बझाङ बाढी  पहिरोमा परि ३० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । बझाङमा थलारा ४ को डिख्लाबासी, केदारस्युँ ८ को मल्लेसीबासी, खप्तडछान्नाबासी अझैं आकाशमा बादल मडारिना साथ त्रसित बन्नेगरेका छन् । पूर्व तयारी नहुँद बझाङबासी हिउँदा बर्खा दुबै सिजनमा, सडक, विद्युत, सञ्चार र खाद्यान्नबाट बञ्चित हुने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै