नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिका कार्यालयसहित वडा नम्बर ४ का विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार 

बझाङ : मष्टा गाउँपालिका कार्यालयसहित वडा नम्बर ४ का विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाईनको विद्युत विस्तार भएको छ । बिहीबार लामोसमय सोलारबाट कार्य सञ्चालन गर्दै आएको मष्टा गाउँपालिका कार्यालय र डा नम्बर ४ का भण्डारी गाउँ, बाबहुन गाउँ, बास्तोली गाउँ, भातेखोला र ठानामा राष्ट्रिय प्रसारण लाईनको विद्युत विस्तार भइ बिजुली बलेको हो । बिजुली बलेपछि त्यहाँका स्थानीय र पालिकाका कर्मचारी खुशी भएका छन् ।

नेपालमा लामो समय कोरोनाको असर, विद्युतीय उपकरणको नेपालमा अभाव हुनु आदि कारणले विद्युत लाइन विस्तारमा ढिलाई भएको र आफूले निकै प्रयास गरेर बिजुली बाल्न सफल भएको मष्टा गाउँपालिकाका गाउँपालिका अध्यक्षका पराजित उम्मेद्वार तथा एमाले मष्टाका नेता दिपक रोकायाले बताउनुभयो ।

उहाँका अनुसार वडा नम्बर ४ का बाँकी रहेकँ बस्ती र गाउँपालिकाभर पनि चाँडै विद्युत विस्तार गरिने भएको छ । अहिले विद्युत विस्तार भएका वडा नम्बर ४ का भण्डारी गाउँ, बाबहुन गाउँ, बास्तोली गाउँ, भातेखोला र ठाना बासी विद्युत जोड्न वडा कार्यालयको सिफारिससहित प्रत्येक घरधुरीबाट एक जना परिवार सदस्यको ३ प्रति फोटो, नागरिकताको प्रतिलिपि र लालपुर्जाको प्रतिलिपि ल्याएर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङको कार्यालय पानकोट रोड चैनपुरमा सम्पर्क गर्न पनि रोकायाले सबैमा आग्रह गर्नुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै