नेभिगेशन
सुदूरपश्चिम

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

काठमाडौँ — प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको विषयमा सरकार परामर्श गर्दा मंसिर २२ सम्म रहेको जानकारी गराउने तयारी भएको बताए।

'संविधानमा ५ वर्ष भनेर लेखेको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचित भएको मितिदेखि भनेको छ । त्यो भनेको व्यक्ति निर्वाचित भएपछि प्रमाणपत्र पाएको मिति हो,' थपलियाले भने, 'पहिलो सांसद निर्वाचित भएको २०७४ मंसिर २२ गते हो । निर्वाचित भएको मितिदेखि भनेपछि मंसिर २२ लाई आधार मान्नु पर्छ । यही विषयलाई राखेर केही समयपछि आयोगले सरकारलाई परामर्श दिन्छ ।' प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव २०७४ मंसिर ११ र मंसिर २१ गते दुई चरणमा भएको थियो । हिमाली र उच्च पहाडी क्षेत्रका जिल्लाहरुमा मंसिर ११ र पहाड तथा तराईको जिल्लाहरुमा मंसिर २१ मा निर्वाचन भएको थियो ।

वैशाख ३० मा स्थानीय तह चुनावपछि प्रमुख राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभा चुनावको विषयमा छलफल थालेका छन् । प्रतिनिधसभा तथा प्रदेशसभाको कार्यकाल सुरुवातको विषयमा स्पष्ट नहुँदा विभिन्न क्षेत्रबाट फरक-फरक धारणा आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा समेत कात्तिकमा प्रदेश तथा संघीय प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव गरेका थिए ।

सत्ता गठबन्धनको दलमात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि मंसिर अघि नै चुनाव गराउने विषयमा सकारात्मक देखिएको छ ।

राष्ट्रिय सभाको कार्यकाल भने पहिलो बैठकलाई आधार मानेर गरिएकाले फागुन २१ देखि नयाँ कार्यकाल सुरु हुने गरेको छ । राष्ट्रिय सभाको पहिलो बैठक २०७४ फागुन २१ मा बसेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै