नेभिगेशन
समाज

नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने

 नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ ।होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो ।

अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिक जन्य सामाग्रीको प्रयोग पनि बन्द गर्नेछन् । हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमश सबै होटलमा कार्यान्वयन हुनेछ । हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन् ।

हानका प्रथम महासचिव विनायक शाहले आगामी दुई वर्ष भित्र भने नेपालका सबै होटलबाट एक पटकको प्रयोगपछि नै फ्याँक्नु पर्ने प्लास्टिकजन्य प्रदार्थको प्रयोग बन्द गर्ने दाबी गरे ।जलवायु परिवर्तनप्रति सचेतता अपनाउँदै यो अभियान प्रारम्भ गरिएको शाहले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै