नेभिगेशन
राजनिति
नेकपा विवाद

ओली पक्षले भन्यो : फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइनेछ

काठमाडौं : नेकपा एमालेले गत पुसमा नेकपा विभाजनपछि बनेका कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रुपमा यथावत राख्ने भएको छ ।

महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा पेस गरेको संगनात्मक प्रस्तावमा ती कमिटीहरुलाई आम रुपमा यथावत राखिने उल्लेख छ ।

नेकपाको विवादका बेला प्रचण्ड-माधव पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जानेक्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आम रुपमा यथावत राख्ने । ती कमिटीका अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।’

सोमवारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहदै आएका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भएका छन् । यसअघि नै नेपाल पक्षधर नेताहरु लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत संस्थापन पक्षमा लागिसकेका छन् ।

एमाले बैठकमा असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने कार्ययोजना महासचिव पोखरेलले पेस गरेका छन् । नेकपाबाट माओवादी नभई एमाले बनेका तत्कालीन माओवादी सदस्यहरू पनि अब एमालेको सदस्य स्वतः हुने भएका छन् ।

जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीहरुको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने र जनवर्गीय संगठनहरूको पनि पुनर्गठन गर्ने योजना पेस भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै