नेभिगेशन
समाज

तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । ती शवलाई काठमाडौं ल्याउने र आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य एवम् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो । खोजी गर्दै जाँदा आज बिहान १४ हजार ५०० फिट इचाइमा जहाज दुर्घटना भएको अवस्थामा फेला परेको थियो । जहाज र शव छरिएको अवस्थामा फेला परेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए । शव नजलेको र चिनिने अवस्थामा रहेको पनि उनले बताए ।

नाइन एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै