नेभिगेशन
समाज

केही ठाउँमा बिहानैदेखि वर्षा, यसपालि समयमा नै मनसुन भित्रने अनुमान

काठमाण्डाै - मधेस प्रदेश र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । बिहान वाग्मती र गण्डकीका केही ठाउँमा पनि पानी परेको थियो । आज देशका पूर्वी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

यसैबीच, यसपालि समयमा नै मनसुन भित्रने अनुमान गरिएको छ । भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि समयमा नै भित्रने अनुमान गरिएको हो । मौसमविद् भट्टराईका अनुसार सामान्यतया केरलामा मनसुन भित्रिएको १० दिनमा नेपालमा भित्रने गर्छ । जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने मानिन्छ । जुन महिना सुरु हुन अब दुई दिन मात्र बाँँकी छ । मनसुनी गतिविधि सुरु भइसकेकाले यसपालि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै