नेभिगेशन
जयपृथ्वी विशेष

बझाङ र बैतडीमा कहाँ कहाँ छन् फस्फोरस खानी ? अहिलेसम्म के भयो प्रगति ?

बझाङ : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा पनि बझाङ र बैतडीमा फस्फोरस खानीको उत्खनन गरिने बताएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बझाङ र बैतडीमा फस्फोरस खानीको उत्खनन गरिने बताउनुभएको हो । यसअघि पनि सरकारले पटक पटक बझाङ र बैतडीमा नेपालमा उत्खनन गरि अन्वेषण र अनुसन्धान सुरु गर्ने जनाउँदै आएको थियो ।

२०७४ सालमा बैतडी र बझाङबाट फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा पुर्‍याइए पनि त्यसपछिका कुनै पनि विवरण सार्वजनिक भएनन् । यद्यपी बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको फस्फोराइटको परीक्षण पनि उत्साहजनक नआएको खानी तथा भूगर्भ  विभागका अधिकारी बताउँछन्।

विभागले दोगडाकेदार गाउँपालिका–७ मा रहेको फस्फोराइट खानीको पहिलो चरणमा २०७७ साल मंसिर पहिलो साता स्थलगत अध्ययन गरेको थियो। 

नेपालका अन्य स्थानमा पनि फोस्फेट नभेटिएका होइनन्, तर बझाङ र बैतडीको सीमा क्षेत्रमा यसको उत्खननको सम्भावना अली बढी छ भन्ने प्रारम्भिक अनुमानका आधारमा फस्फोरस तत्वको अन्वेषण र अनुसन्धान सुरु गर्न लागिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनालले बताउनुभयो । 

बझाङका तारुगाढ, जुईलगाड, गोइचान, कन्देचौर लगायतका क्षेत्रमा विभागले फोस्फेट खानी रहेको अनुमान गरिएको छ । त्यसैगरी बैतडीका ढिकगाढ, जुनकुना, मोर्गाओन, सानागाओन, र धौबिसाउने लगायतका स्थानमा पनि फस्फोरसको खानी भएको यसअघिका विभिन्न अध्ययनमा पत्ता लागेको छ ।

एक अध्ययनले बझाङ र बैतडीमा गरी करिब ९० लाख मेट्रिक टन फोस्फेट उत्खनन गर्न सकिने देखाएको छ । तर, सरकारी तवरबाट भने पहिलोपटक यसका बारेमा विस्तृत अध्ययनको प्रक्रिया सुरु भएको हो ।

फोस्फेट फस्फोरस तत्वको प्राथमिक स्रोत हो । यदि नेपालमा फस्फोरस उत्पादनका लागि फोस्फोराइट उत्खनन् गर्न सकिए यसले ठूलो आर्थिक लाभ लिन सकिने विभागको ठम्याइ छ ।

‘रासायनिक मल उत्पादनका लागि यो अत्यावश्यक हुन्छ ।,’खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनालले भने, ‘फस्फोरसको उत्पादन नेपालमै भए यसले नेपालमै रासायनिक मल उद्योग स्थापनामा पनि प्रोत्साहन दिन्छ ।’


अहिले नेपालमा झण्डै वार्षिक ३ लाख मेटि्रकटन रासायनिक मल विदेशबाटै आउँछ । रासायनिक मलको तीन महत्वपूर्ण तत्व नाइट्रोजन, फस्फोरस र पोटासियम हुन् । यसमध्ये फस्फोरस उत्त्खनन नेपालमै भए त्यसले देशलाई अधिकतम् लाभ मिल्ने विश्वास सरकारको छ । 

फस्फोराइट, रासायनिक कृषि मल निर्माण गर्ने मुख्य खनिज कच्चा पदार्थ हो। नेपालजस्तो कृषिमा निर्भर अर्थतन्त्र भएको देशमा फस्फोराइट खानीको रणनीतिक महत्व हुन्छ। नेपालमा फस्फोराइट प्रारम्भिक अन्वेषणको काम धेरै पहिलेदेखि हुँदै आएको छ। 

केही स्ट्रोमाटोलाइट जीवाशेषसहितको डोलोमाइट चट्टान र कालो चेर्ट, क्ले माटोबाट बनेको सेल चट्टानमा नेपालको बैतडीको ढिकगढदेखि बझाङको टारुगढसम्म करिब ५० किलोमिटर लम्बाइमा ७० सेन्टिमिटरदेखि ४.७ किलोमिटर मोटाइ भएका पाँचदेखि ३२ प्रतिशत फस्फोराइट खनिजयुक्त भण्डार रहेको विभिन्न अध्ययनले देखाएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै