नेभिगेशन
समाज

कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने

बझाङ : कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । 
देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा लिइएको थियो । महामारी हटेको र लकडाउनको अवस्था पनि नरहेकाले बोर्डले तोकेको निश्चित केन्द्रमा मात्रै परीक्षा लिइने अर्यालले बताए । त्यसका लागि बोर्डले जिल्लागत रूपमा परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको छ ।

कोभिड महामारीका बेला होम सेन्टरमा नै परीक्षा सञ्चालन हुँदा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको थियो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षाकै दिन केन्द्रहरूमा प्रश्नपत्र पठाइने छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यसअघि बोर्डले वैशाख ९ देखि २० सम्म एसईई परीक्षा सञ्चालन गरेको थियो । एसईईको उत्तरपुस्तिका परीक्षणलगायत नतिजा प्रकाशनको तयारीको काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । साउन पहिलो साताबाट कक्षा ११–१२ को नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने गरी एसईई, कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशन तथा कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै