नेभिगेशन
मल्टिमिडिया

साओमीले सार्वजनिक गर्‍यो १९ मिनेटमै फूल चार्ज हुने स्मार्टफोन

काठमाडौं : साओमीले १९ मिनेटमै फुल चार्ज हुने स्मार्टफोन रेड्मी नोट ११ टी सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रममार्फत नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लस सार्वजनिक गरेको हो । 

यी दुवै फोनको मुख्य आकर्षण भनेको यसको डिस्प्ले हो । दुवै फोनमा १४४ हर्जको रिफ्रेश रेट भएको ६.६ इन्चको डिस्प्ले दिइएको छ । नोट ११ टी प्रो प्लसमा मिडियाटेक डाइमेन्सिटी ८१०० चिप प्रयोग गरिएको छ भने १२० वाटको फास्ट चार्जिङ उपलब्ध छ ।


यसमा ४,४०० एमएएचको ब्याट्री उपलब्ध गराइएको छ । कम्पनीले यो फोन १९ मिनेटमै शून्यबाट फूल चार्ज हुने दाबी गरेको छ । नोट टी प्रोमा भने मिडियाटेक डाइमेन्सिटी ८,१०० एसओसी चिपसेट प्रयोग गरिएको छ ।

यो फोनमा ६७ वाटको फास्ट चार्जिङ सहित ५,०८० एमएएचको ब्याट्री उपलब्ध छ । यी दुवै फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरासँगै आठ मेगापिक्सेलको अल्ट्रा वाइड र दुई मेगापिक्सेल म्याक्रो लेन्स गरी तीन ओटा क्यामेराको सेटअप छ ।

नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लस बजारमा तीन ओटा भेरियन्टमा उपलब्ध हुनेछ । नोट ११ टी प्रो छ जीबी र्‍याम तथा १२८ जीबीको स्टोरेज, आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

यी फोनहरूको मूल्य क्रमश: १,७९९ युआन (३४,००० रुपैयाँ) , १,८९९ युआन (३५,१०० रुपैयाँ) र २,०९९ युआन (३९,००० रुपैयाँ) तोकिएको छ । यसैगरी नोट ११ टी प्रो प्लस आठ जीबी र्‍याम सहित १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

यी फोनहरूको मूल्य क्रमश: १,९९९ युआन (३७,००० रुपैयाँ), २,१९९ युआन (४१,००० रुपैयाँ) र २,३९९ युआन (४४,५०० रुपैयाँ) तोकिएको छ । यससँगै कम्पनीले नोट ११ टी एस्ट्रो बोइ नामक सीमित संस्करण पनि सार्वजनिक गरेको छ । यो फोन भने आठ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेजका साथ उपलब्ध हुनेछ ।

जसको मूल्य २,४९९ (४६,३०० रुपैयाँ) युआन राखिएको छ । पहिलो चरणमा यी सबै स्मार्टफोनहरू चिनियाँ बजारमा मात्र सार्वजनिक गरिएको हो । नेपाल सहित बाह्य बजारमा यो सिरिजका फोनहरू सार्वजनिक हुने विषयमा भने अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप मल्टिमिडिया
विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

हालका वर्षहरूमा, ड्रोन उद्योगले ठूलो फड्को मारेको छ।
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
भर्खरै