नेभिगेशन
मल्टिमिडिया

सफ्टवेयर तयार नहुँदा ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन अनिश्चित

काठमाडौं : सफ्टवेयर तयार नहुँदा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुल्ने मिति अझै अनिश्चित भएको छ ।

यातायात व्यवस्था विभागले यसअघि जेठको पहिलो हप्ताबाट लाइसेन्सको आवेदन खुलाउने तयारी गरेपनि प्राविधिक काम नसकिएकाले केही समय ढिलो हुने विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले बताए ।


‘विभागले गर्नुपर्ने अन्य प्रशासनिक काम सबै सकिसकेको छ । आवेदनका लागि सफ्टवेयर तयार हुन समय लागिरहेको हुँदा हामीले यो साता अनलाइन सेवा खुलाउन सकेनौं,’ उनले भने, ‘पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा डेटा शिफ्ट गर्नुपर्ने लगायतका यावत् प्राविधिक काम समाधान हुन बाँकी छ ।’

आवेदन कहिलेदेखि खुलाउने ठ्याक्कै यकिन नभए पनि सफ्टवेयरको काम सक्ने वित्तिकै आवेदन खुल्ने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप मल्टिमिडिया
विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

हालका वर्षहरूमा, ड्रोन उद्योगले ठूलो फड्को मारेको छ।
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
भर्खरै