नेभिगेशन
सुदूरपश्चिम

स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा कुन दलका कति निर्वाचित ?

बझाङ : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख पदमा १५, अध्यक्षमा २२, उपप्रमुखमा १४, उपाध्यक्षमा ३०, वडाध्यक्ष ३०२, महिला सदस्यमा ३२३, दलित महिला सदस्यमा ३१७, वडा सदस्यमा ६७५ गरी कूल एक हजार ६९८ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट प्रमुखमा आठ, अध्यक्षमा १७, उपप्रमुखमा आठ, उपाध्यक्षमा १४, वडाध्यक्षमा २३६, महिला सदस्यमा २३४, दलित महिला सदस्यमा २२६, वडा सदस्य ४५२ गरी कूल एक हजार १९५ उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा तीन, अध्यक्ष ११, उपप्रमुख चार, उपाध्यक्ष सात, वडाध्यक्ष १००, महिला सदस्य ८३, दलित महिला सदस्य ८९, वडा सदस्य १५७ गरी कूल ४५४ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट प्रमुख एक, अध्यक्ष एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाध्यक्ष २७, महिला सदस्य ३०, दलित महिला सदस्य २८, वडा सदस्य ५७ गरी कूल १४६ जना उम्मेदवार निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रमुख दुई, अध्यक्ष दुई, उपप्रमुख एक, उपाध्यक्ष दुई, वडाध्यक्ष १४, महिला सदस्य १९, दलित महिला सदस्य १८, वडा सदस्य ४१ गरी कूल ९९ जना उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष पाँच, महिला सदस्य चार, दलित महिला सदस्य चार, वडा सदस्य नौ गरी कूल २२ जना उम्मेदवार निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्ष दुई, महिला सदस्य तीन, दलित महिला सदस्य दुई, वडा सदस्य दुई गरी कूल नौजना उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेस (विपी)बाट वडाध्यक्ष दुई, महिला सदस्य एक, दलित महिला सदस्य दुई, वडा सदस्य दुई गरी कूल सातजना उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाल लोकतान्त्रिक पार्टीबाट दलित महिला सदस्य एक, वडा सदस्य एक गरी कूल दुईजना उम्मेदवार निर्वाचित भएका छन् । स्वतन्त्रबाट अध्यक्ष एक, उपप्रमुख एक, वडाध्यक्ष २१, महिला सदस्य १२, दलित महिला सदस्य १२, वडा सदस्य २० गरी कूल ६७ जना उम्मेदवार निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशमा प्रमुख पदमा २९, अध्यक्ष ५४, उपप्रमुख २९, उपाध्यक्ष ५४, वडाध्यक्ष ७०९, महिला सदस्य ७०९, दलित महिला सदस्य ६९९, वडा सदस्य एक हजार ४१६ गरी कूल तीन हजार ६९९ जना उम्मेदवार निर्वाचित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै